ट्रकले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु

5

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
वीरगन्ज ड्राइपोर्ट–परवानिपुर सडकखण्डमा सवारी दुर्घटनामा परी पटके सवारी कर असुल्ने एकजना कर्मचारीको मृत्यु भएको छ । ड्राइपोर्ट परवानीपुर सडकखण्डस्थित वडा नम्बर २१ जगरनाथपुर चौक नजिकै बिहिबार बेलुका मधु आयल अगाडि ट्रकले ठक्कर दिदा वीरगन्ज १७ अलौका अनिल यादवको घटनास्थलमै मृत्यु भएको हो ।
यादव वीरगन्ज महानगरपालिकाको पटके सवारी करको ठेक्काको जिम्मा लिएको ठेकेदार कम्पनी परवानीपुरका एच. एन्ड. जे. ट्रेडर्सका कर्मचारी थिए । कर असुल्ने ढाँट अगाडि परवानिपुरतर्फ तीब्र गतिमा गइरहेको ना ८ ख १५१२ नम्बरको ट्रकले ठक्कर दिंदा यादवको शव क्षेतविच्छेद भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रहरी निरीक्षक कमलराज पण्डितले बताए । दुर्घटनामा ज्यान गुमाएका यादवको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको र पक्राउ परेका चालकमाथि थप कारवाही प्रक्रिया समेत अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।