विद्यालयमा आउने चुनौतिहरुको सामना गर्दै व्यवहारमुखी शिक्षा प्रदान गर्नुपर्छ ः अध्यक्ष डा. साह

14

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
वीरगञ्ज नगवास्थित श्री सनलाईट माध्यमिक विद्यालयले आफ्नो १४ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । विद्यालयले आफ्नै फ्रा·नमा शुक्रबार एक कार्यत्रमको आयोजना गरी भव्यरुपले वार्षिकोत्सव मनाएको हो ।

विद्यालयका संस्थापक निर्देशक धनन्जय चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह रहनु भएको थियो । अध्यक्ष डा. साहले सनलाईट स्कुलबाट अरु विद्यालयहरुले परोपकारी शिक्षाको सन्देश सिक्नु पर्ने धारणा व्यक्त गरेका थिए । सामुदायिक र संस्थागत दुवै विद्यालयमा शिक्षा प्रदान गर्ने क्रममा थुप्रै चुनौति र आरोपहरु रहेको बताउदै साहले भने यो हाम्रो साझा समस्या हो, चुनौतिहरुको सामना गरी आरोपहरुलाई खण्डन गर्दे व्यवहारमुखी शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो । जसको एउटा उदाहरण स्वरुप सनलाईट स्कुल लिन सकिन्छ । अध्यक्ष डा. साहले सनलाईट माविले आफ्नो नाम जस्तै चारै तिर शिक्षाको ज्योति छरेको बताए । उनले छोटो समयमा पनि विद्यालयले आफुलाई शहर कै एक गुणस्तरीय संस्थाको रुपमा स्थापना गर्न सफल भएको बताउदै आगामी दिनहरुमा विद्यालयले धेरै भन्दा धेरै प्रगतिको शुभकामना समेत वहाँले ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी सनलाईट माविका प्रधानाध्यापक आलोक कुमार चौरसियाले आफुले विद्यालय खोल्दा नाफा कमाउने उद्देश्य नराखी बालबालिकाहरुलाई असल मान्छे बनाएर देशको सेवा गर्ने योद्धा बनाउने परिकल्पना गरेको बताए । १४ औं वर्ष सम्म आइपुग्दा शिक्षाको ज्योतिबाट बञ्चित सयौँ बालबालिकालाई साक्षर बनाउन सफल भएको र आगामी दिन विद्यालयमा थप नयाँ र आधुनिक सुविधा ल्याउने उनले उद्घोष गरे ।

कार्यक्रममा बोल्दै ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रमुख ललन द्विवेदीले शिक्षा संग–संगै विद्यालयहरुले आफ्नो गाउँ समाजको संस्कार पनि सिकाउन आवश्यक रहेको बताए । उनले भने, ॅपश्चिमी सभ्यताको प्रभावमा परेर हिजोआज हामिले आफ्नो संस्कार बिर्सेको छौं, आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्नको लागि विद्यालयमा त्यसको बारेमा समेत पढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

ऊक्त कार्यत्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले जातजाति, भेषभुषा र राष्ट्रियता झल्कने खालका विभिन्न सांस्कृतिक नृत्य तथा संगित प्रस्तुत गर्नुका साथै कविता, निबन्ध समेत वाचन गरेका थिए ।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालले बिहिबार वीरगञ्जमा आयोजना गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाका विजेता सनलाईट विद्यालयको कक्षा ९ मा अध्यनरत निरञ्जन गुप्तालाई प्रमाण पत्र र नगद २१ हजार पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्याब्सन पर्साका उपाध्यक्ष पुरण प्रधान, सचिव छेदुप लामा, नेपाल रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, युवा समाजका अध्यक्ष कमल चौगाई, विद्यालयका बिद्यार्थीहरु, अभिभावकहरु, स्थानीय बुद्धिजिबी भद्रभलाद्मी र सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।