मुनलाईट माविको ३९ औँ वार्षिकोत्सव सम्पन्न

29

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
मुनलाईट माविको ३९ औं वार्षिकोत्सव शनिबार सम्पन्न झएको छ । गुणस्तरीय अनि अतिरिक्त त्रियाकलाप सहितको शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै वि.सं २०३७ सालमा स्थापना भएको मुनलाईट मावि ४० औँ वर्षमा प्रवेश गरेको हो ।
सो वार्षिकोत्सव मुनलाईट माविका संस्थापक प्रधानाध्यापक श्याम केसीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थिहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुको साथै तराई मधेशमा व्याप्त दाइजो प्रथाको बिषयमा नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, एनप्याब्सन पर्साका सचिब नन्दन यादव, अनेरास्ववियुका केन्द्रिय सदस्यद्वय प्रभाकर गुप्ता, शिवम शाह, बुद्धिचाल संघका केन्द्रिय सदस्य रामकिशोर सिंह पराग, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, ग्यासुदिन ठकुराई, स्काउटकी जिल्ला सहआयुक्त दिव्यलक्ष्मी शाक्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका निर्देशक सुलभ केसिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सञ्चारकर्मी विवेक कर्णले गर्नुभएको थियो ।