जनता दर्शन कार्यक्रम अन्तर्गत सांसद यादवद्वारा भवानीपुरको अवलोकन

21

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादवले ॅजनता दर्शन’ कार्यक्रम अन्तर्गत आईतबार भवानीपुरको जनतासंग भेटघाट गरेका छन् ।
आफ्नो क्षेत्र भित्र रहेका जनताको समस्या बुझी त्यसको समाधानका निम्ति संचालन गरिएको जनता दर्शन अभियान अन्तर्गत सांसद यादव वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरको समस्याबारे अवलोकन गरेका हुन ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले सधै जनताको सम्पर्क मै रहने गरेका तथा खाली समयलाई पनि विशेष रुपमा सदुपयोग गर्नका लागि ॅअपनेके सांसद, अपनेकेद्धार’ भन्ने नाराका साथ जनता दर्शन कार्यक्रम सुरु गरेको हुन । आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेर समस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने योजना सहितको अठोट लिई अगाडी बढिरहेको उनले गरिरहेको कार्यबाट देख्न सकिन्छ ।
यसै कार्यक्रम अन्तर्गत भवानीपुर गाउँमा जाँदा त्यहाँ स्कुल निर्माण, समसानघाट निर्माण, पोखरी सौन्दर्यीकरण, सडक ढलान लगायतको समस्या स्थानीयहरुबाट आएको थियो । उनले स्थानीयहरुद्वारा आएको समस्यालाई चाँडै नै समाधान गर्ने प्रतिबद्धता समेत दिएका थिए ।
आफू जनप्रतिनिधि भएको हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफ्नो चाहना रहेको उनले बताए । उनले झने, ॅजनता दर्शन कार्यक्रममा आएका समस्या कहाँबाट समाधान हुन्छ, त्यहाँ सम्बन्धित व्यत्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह नै किन नहोस् सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गरी आफ्नै पालामा आफ्नो क्षेत्रलाई समृद्ध देख्न चाहने सपना उनको रहेको बताए ।