प्रदेश स्तरीय डेडलिफ्ट एण्ड बेञ्चप्रेस प्रतियोगीता सम्पन्न

5

संतोष रन्जितकार
वीरगंज, १२ फागुन ।
वीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिफ्ट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभर्डहलमा सम्पन्न भएको छ । प्रदेश नं.२ स्तरीय प्रतिस्पर्धामा विभिन्न जिल्लाहरुबाट खेलाडीहरुद्धारा प्रतिस्पर्धा गरिएको हो । प्रतिस्पर्धाको क्रममा बेञ्चप्रेस १ सय के.जी को तौल र डेडलिफ्ट २ सय के.जी.को तौलमा पर्साका शिवम सर्राफ प्रथम भएका थिए ।
विजेता भएकाहरुलाई फिजिकल फिट्नेस सेन्टरका अध्यक्ष विरेन्द्र बीर विक्रम शाह र प्रशिक्षक सरोज श्रेष्ठले पुरस्कार, कदर–पत्र र तक्मा लगाई जिन्सी समेत प्रदान गर्नु भएको थियो ।