रौतहट प्रहरीले गलत संज्ञा दिई कामेश्वरलाई गोली हानेको दाई भोजेन्द्रको आरोप

12

सत्येन्द्र प्रताप सिंह
रौतहट, १२ फागुन ।
रौतहट जिल्लाको मौलपुर नगरपालिका वडा नम्बर ८ सोनरनिया निवासी भोजेन्द्र प्रसाद पटेलले रौतहट प्रहरीले आफ्नो कार्यको मूल्याङ्ढन गराउने उद्देश्यले समातेर गोली हानेको आरोप लगाएका छन ।
गौर स्थित रिपोर्टर्स क्लब नेपालको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गरी पटेलले भारतको कलकत्ताबाट पक्राउ परेका भाई अभय सिंह भनिने कामेश्वर पटेललाई भारतीय प्रहरीले जिम्मा लगाएपछि समातेर गोली हानि घाइते बनाई भिडन्तको गलत संज्ञा दिएको दावी गरेका थिए ।
रौतहट प्रहरी प्रमुख र डीएसपी मिलेर मानव अधिकारको घोर उल्लंघन गर्दै दानवीय प्रवृति देखाएको आलोचना गरे । काका छोरा रहेको पटेलले भाईलाई भारतीय प्रहरीले पक्राउ गरी जिम्मा लगाएको २४ घण्टा पछि जंगल तीर लगेर गोली हानेको दाबी गरे । उहाले मोस्टवान्टेड भएपनि मानव अधिकार हुने बताए । समातेर गोली हान्नु कहाको न्याय हो भनी प्रश्न गर्दै पटेलले घाइते भाईलाइ उपचार समेत राज्यले गराउन नसकेको जनाए ।
विभिन्न अपराधिक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पटेलको खुट्टा काट्ने अवस्था भएको बताउँदै अपांग बनाउने प्रहरीले उपचार गर्नुपर्ने मांग गरे । उपचार पनि नगराउने र परिवारले उपचार गराउन खोज्दा गराउन पनि नदिएर राज्यले मानव अधिकारको साथै स्वास्थ्य उपचारको अधिकारबाट बंचित गर्ने प्रयास गरेको पीडित परिवारको तर्क रहेको छ । फाल्गुन ६ गते राति प्रहरी सित भएको भिडन्तमा खुट्टामा दुई राउन्ड गोली लागेर घाइते भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो ।
अभियुक्त पटेलको भाई राकेश पटेलले प्रहरीको ज्यादती विरुद्ध छानविन गर्नु पर्ने राष्ट्रिय मानव अधिकार आयोग सित अपील गरेका छन । घाइते दाईको उचित उपचार गराई ज्यान जोगाई दिन समेत पीडित परिवारले अपील गरेका छन ।