समाजवादी पार्टीको विस्तार तथा सुदृढीकरण अभियान सम्पन्न

14

सत्येन्द प्रताप सिंह
रौतहट, ११ फागुन ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका अन्तर्गत बंकूलको ओम विवाह भवनमा समाजवादी पार्टीको पार्टी विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीलाई अझ सुदृढ गर्न उद्देश्यले यो कार्यक्रम यस पार्टीको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय समितिबाट माघ महिनाको १० गते ल्याउनू भएको पार्टीको रौतहट जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाको प्रमुख धर्मेन्द्र पटेलले बताए ।
बौधीमाई नगरपालिकाको प्रमुख राजिव रन्जन यादवले यो पार्टी विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रमलाई सफल बनाउन प्रत्येक स्थानीय तहमा पार्टी कार्यालय सञ्चालनमा ल्याउने कुरामा जोड दिनुभएको थियो । उनले सेवाग्राहीलाई शूलभ ढंगले सेवा प्रदान गर्ने स्थानीय निकाय सहित जिल्लाको सदरमुकाम गौरका केही कार्यालयहरूमा प्रतिदिन सेवाग्राहीहरू ठगिने गरेका छन् । सेवाग्राहीको सेवा सुबिधाका लागि जिल्ला तथा प्रत्येक पालीकाहरूमा पार्टी कार्यालयलाई सञ्चालन गरी सेवा प्रदान गर्ने उद्देश्यले पार्टीका कार्यकर्तालाई अनिवार्य रुपमा राख्नु पर्ने बताउनु भयो ।
पार्टीको विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रम रौतहट क्षेत्र नं दुई को संयोजक तथा प्रदेश सभा सदस्य किशोरी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व सभासद तथा केन्द्रिय सदस्य बबन सिंहले नेकपा तथा नेपाली कांग्रेस माथि ठूलै मधेस विरोधीको आरोप लगाएका थिए । नेकपाले बैलेट होईन बुलेटमा विश्वास राख्ने सत्तामा पुगेकाले होशियार भयर काम गर्न सुझाव दिएका छन् ।
स्थानीय नगरपालिकाको पार्टीको नगर अध्यक्ष हृदयनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पार्टीको प्रदेश सदस्य तथा रौतहट जिल्ला संयोजक वृज यादव, रौतहट जिल्लाको पूर्व उपाध्यक्ष श्याम बिहारी यादव, जिल्ला सदस्य जयराम महतो, प्रदेश सदस्य तथा बेटी पढाउ बेटी बचाउ अभियानको रौतहट जिल्ला संयोजक शोभा देवी साह, केन्द्रिय सदस्य बिश्वनाथ पटेल, लगायत पार्टीका नेता कार्यकर्ता, स्थानीय भद्रभलादमी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।