भारतीय दूतावासद्वारा नेपाली आयात–निर्यात विषयक गोष्ठी

29

संतोष रन्जितकार
वीरगन्ज १४ फागुन ।
भारतीय महावाणिज्य दूतावास बीरगन्जको आयोजनामा बुधबार वीरगंजस्थित होटल भिस्वामा २०२० र २१ का लागि आएको भारतको युनियन बजेटले नेपाली आयात–निर्यात निवेदकर्ताहरुका लागि निम्त्याएको अवसर बिषयक गोष्ठी सम्पन्न भएको छ ।
महावाणिज्य दूतावास वीरगंजका कन्सुलर नितेश कुमारको अध्यक्षता तथा प्रदेश नम्बर २ का उधोग तथा पर्यटन मन्त्री राम नरेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
मन्त्री यादवले नेपाल र भारत बीच आर्थिक व्यापारीक सम्बन्ध राम्रो हुनु पर्ने बताएका थिए । नेपाल भारत सदियौंदेखि रोटी बेटी भाषा संस्कृति उस्तै भएकोले यसलाई थप मजबुत बनाएर जानुपर्ने मन्त्री यादवको भनाइ रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेपाल भारत मञ्चका अध्यक्ष अशोक बैध,े कन्सुलर डा. कोटराज स्वामी, कन्सुलर सुरेश कुमार, बीरगन्ज कलेजका डा. दिपेन्द्र चौधरी, बीरगन्ज उधोग वाणिज्य संघका महासचिव माधवराज पाल, प्राध्यापक विनोद गुप्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए ।