नेपाल चामल, तेल, दाल संघको ४३ औं साधारण सभा सम्पन्न

39

वीरगंज, १६ फागुन ।
नेपाल चामल, तेल, दाल उद्योग संघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा संघका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा शुक्रबार काठमाण्डौंमा सम्पन्न झएको हो ।
सो क्रममा संघले चालम तेल र दाल जस्ता खाद्य वस्तु वित्री गर्दा उधारोको समय तोक्नु पर्ने तथा सरकारले कानून प्रावधान मार्फत एक महिना भन्दा बढी उधारो कारोबार गर्न नपाउने व्यवस्था मिलाउनु पर्दछ, किसानहरुलाई बैंक खाता र एब्ल् बिल नभएको हुनाले किसानलाई चेक भुक्तानी र एब्ल् नियम लागु गर्न नहुने, सामाजिक सुरक्षा ऐनलाई परिमार्जन गर्नु पर्ने, अप्रसोधित दाल तथा गेडागुडीमा भन्सार महशुल ५ प्रतिशतबाट १० प्रतिशत लगाएको, जबकी प्रशोधित दाल भन्सार महशुल १० प्रतिशत यथावत राखेको हुंदा यो दर नमिलेकोले तयारी कच्चा वस्तुको भन्सार दर २ तह फरक हुनु पर्ने, ब्राण्ड पिना चुन्नी भुसी भारत निकासीमा लाग्ने प्रति केजी कर ५० पैसा खारेजी हुनुपर्ने, चामल तेल दाल उद्योगलाई कृषि उद्योग सरहको बैंक व्याजमा अनुदान दिनुपर्ने, तोरी तेलमा लाग्दै अँएको १३ प्रतिशत म.अ.कर परिमार्जन गर्नुपर्ने, तोरिको गेडा आयातमा १ प्रतिशत भन्सार महसुलबाट वृद्धि गरी ५ प्रतिशत कायम गरेको हुंदा परिमार्जन गरी १ प्रतिशत हुनुपर्ने, चामल आयातमा लाग्दै आएको भन्सार महसुल ८ प्रतिशतबाट वृद्धि गरी १५ प्रतिशत हुनुर्पे, धान आयातमा लाग्ने कृषि सुधार शुल्क ५ प्रतिशतलाई घटाएर १ प्रतिशत गर्नुपर्ने लगायतका मागहरु संघले सरकारले गरेको थियो ।
कार्यक्रममा देशभरीका चामल, तेल र दाल उद्यमीहरुको उपस्थिती रहेको थियो ।