मधेश आन्दोलनमा शहिद भएका व्यक्तिहरुको सम्झनामा शालिक बनाउन लागिएको हो ः सांसद यादव

26

संतोष रन्जितकार
वीरगंज, १६ फागुन ।
समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादव र वीरगञ्ज महानगरफालिकाका मेयर विजयकुमारी सरावगीले शुक्रबार एक कार्यत्रमको आयोजना गरी वीरगंज घण्टाघरस्थित रहेको मधेसी शहिद पार्कस्थित विधिवत तरिकाले पूजापाठ गरी शहिद शालिक निर्माण स्थलको शिलान्यास गरेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको संसदीय कोषको रु २० लाख र वीरगञ्ज महानगरफालिकाकाको रु २० लाख सहयोगमा गरी रु ४० लाखको संयूक्त लागतमा शहिदहरुको शालिक निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यत्रमलाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले मधेसी शहिद पार्कमा आन्दोलनमा शहिद भएका व्यक्तिहरुको सम्झनामा शालिक बनाउन लागिएको बताउनु भएको छ । सांसद यादवे मधेसले प्राप्त गरेको अधिकार शहिदहरुको बलिदानको उपहार हो, त्यसैले उहाँहरुको सम्मान र सम्झनाका लागी शालिक निर्माण गर्न लागिएको हो ।
अहिले पनि मधेसको सबै मुद्दा सम्बोधन नभएको बताउँदै उनले पटक–पटक राज्यले मधेसको अधिकारप्रति बेइमानी गरेको आरोप लगाए । मधेस अधिकारको लागी संयौं युवाले बलिदानी दिए तर काठमाडौँको चश्मा लगाएर हेर्ने एकल जातीका केही नेताले मधेसको मुद्दा समाधान नगरी सधै मधेसलाई गुलाम बनाएर राख्ने सोच रहेको बताए ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अंसारी, वीरगञ्ज महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज कलावार, वडा नं. १२ का वडाध्यक्ष रामदरस कुश्वाहा, वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अंसारी, समाजवादी वीरगञ्ज महनगर कमिटि अध्यक्ष इश्वरचन्द्र यादव, युवा नेता कुन्दन सिंह, गौरव वर्मा, मुकेश द्विवेदी लगायत स्थानीय बुद्धिजिवी तथा संचारकर्मीको उपस्तिथी रहेको थियो ।