लागुऔषध तथा सामाजिक विकृति सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न

55

संतोष रन्जितकार
वीरगंज, १६ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी श्रीपुरले लागुऔषध तथा सामाजिक विकृति सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत शुक्रबार वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा रहेको अल्पाइन बोर्डि· स्कुलमा सामुदायिक सेवा केन्द्र श्रीपुरकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा लागुऔषध तथा सामाजिक विकृति सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक गंगा पन्त रहनु भएको थियो । उपरिक्षक पन्तले लागुपदार्थ सेवन रोकथाम, घरेलु हिंसा, दाइजोप्रथा, बालविवाह जस्ता विषयमा प्रशिक्षण दिनु भएको थियो भने उहाँले यस्ता कार्यहरु अहिले पनि नरोकिएमा भोलीका दिनहरुमा हाम्रो गाउँ समाजको लागि ठूलो खतरा बन्ने सम्भावना देखिन्छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरिक्षक दिपक साहले पनि सो विषयमा स्कुलका कक्षा ९ र १० का २०० भन्दा बढी विद्यँर्थीहरुलाई टेली श्रृंख्लामा आधारित लागुपदार्थ सम्बन्धी नाटक्य सिरियल देखाएर प्रशिक्षण दिनुभएको थियो । उनले लागुपदार्थको लतमा नलाग्न, लागेको लत छोड्ने, घरमा कसैले त्यस्तो सेवन गर्ने व्यक्ति भए त्यसलाई सम्झाई–बुझाई छोड्न, लागुपदार्थ ओसार–पसार जस्ता कार्यबाट टाढा रहने अथवा नगर्ने, गरेमा मानिसको जिवन नै बर्बाद हुने, यस्तो कार्यहरु कसैले गरेको देखेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने आदि कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक कुल बहादुर कुँवर, अल्पाईन बोर्डि· स्कुलका संचालक बिनोद उपाध्याय, प्रधानाध्यापक बिक्रम उपाध्याय, सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुल नारायण प्रधान लगायत स्कुलका शिक्षक–शिक्षिका तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।