समाज परिवर्तन नेपालद्वारा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना

10

संतोष रन्जितकार
वीरगंज, १७ फागुन ।
समाज परिवर्तन नेफाल संस्थाले शनिबार रक्तदान, निःशुल्क स्वास्थ्य शिबिर तथा समाजमा रहेका एकल महिलालाई सम्मान कार्यत्रम सम्पन्न गरेको छ ।
समाजिक उतरदायित्वलाई ध्यानमा राख्दै समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको अध्यक्षतामा बीरगंज महानगरपालिका वडा नं.२३ प्रसौनीमा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा रोसन सरार्फ, राहुल साह, राकेश साह, लालबाबू यादव, सुनिल साह, लगायत ७६ जनाले रक्तदान गरेका थिए भने निःशुल्क स्वास्थय शिविरमा २५० जनाले आफ्नो स्वास्थ्यको परिक्षण गराई लाभ उठाउएका थिए । सो शिविरमा निःशुल्क औषधि समेत बितरण गरिएको थियो ।
यसैगरी कार्यक्रममा ९ जना एकल महिलालाई कपडा दिएर सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रममा भिखइनिया हजरा, राधिका दास, शुशीला देवी, गायत्री देबी, नेमा पासवान, कलावती देबी, गीता देबी, उषा देबी, कुहद्री देबीलाई कपडा प्रदान गरी सम्मान गरिएको संस्थाका अध्यक्ष साहले बताउनु भयो ।
कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, बालगोपाल थापा, जिल्ला सदस्य शम्भु गुप्ता, ताजुदिन अंसारी, मनेजर साह, लालबाबू यादव, वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायतको सहभागिता रहेको थियो ।