कञ्चनजंगा माविद्वारा कक्षा १० का विद्यार्थीहरुको बिदाई

20

संतोष रन्जितकार
वीरगंज, १७ फागुन ।
वीरगंज महानगरपालिका वडा न.७ मा रहेको कञ्चनजंगा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयका कक्षा ९ का विद्यार्थीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुफमा सम्मान तथा बिदाई गरेका हुन् ।

सो कार्यक्रम स्कुलका निर्देशक मार्टिन मोत्तानको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्ण रहनु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि कर्णले पानसमा द्विप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न कार्यक्रमको आयोजना गर्नुको साथै नृत्य, संगीत तथा मिस्टर मिस कञ्चनजंगा २०७६ को समेत प्रस्तुती गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष प्रदिप चैँरसिया, युवा समाजका अध्यक्ष कमल चौगाई, जजमेन्ट तर्फ निर कुमार सर्राफ, आश्का सिन्हा, डा. दिप्ती यादव, संदीप राज पंडित लगायत संचारकर्मी, अभिभावक र शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।