निःशुल्क आँखा शिविर तथा कोरोना भाईरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

14

संतोष रन्जितकार
वीरगंज, १८ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैया र किरण आँखा अस्पतालको संयुक्त आयोजनामा आइतबार निःशुल्क आँखा चेकजाँच शिविर तथा कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाले वीरगंज महानगरपालिका वडा नं. ३ स्थित रहेको श्री सेस्मी ई·लिस बोर्डि· स्कुलको प्रा·णमा शिविर सम्पन्न गरेको हो । सो शिविर तथा जनचेतनामूलक पम्पलेट वितरण कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि आदर्शनगर प्रहरी चौकीका इन्चार्ज प्र.ना.नि सुर्य नारायण चौधरी रहनु भएको थियो ।

सो कार्यक्रममा ९५ छात्र र ७१ जना छात्रा गरी कुल १६६ जनाको निःशुल्क आँखाको परिक्षण गरिएको थियो । सो मध्ये २० जनामा नजिक तथा टाढा दुरीको समस्या देखिएको थियो भने उक्त २० जनालाई किरण आँखा अस्पतालबाट ५०Ü छुटमा उपचार गरिने जनाइएको थियो ।
सो शिविरमा किरण आँखा अस्पतालका नेत्र सहायक कबिता पोखरेल, रामबाबु चौरसिया, आजाद हुसेन, सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य अरुण कुमार गोयल, प्र.ह.देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामा· र राईजि· बीरगंज नेपालका अध्यक्ष आरजु खान तथा सामुदायिकका पदाधिकारीहरु, विधालयका प्रधानाध्यापक श्रीमति आश्मा सिंह यादव लगायत सम्पुर्ण शिक्षक–शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।