सुजुकी मोटरसाईकलको अधिकारीक बिक्रेता सिविल अटो ट्रेडर्सको उद्घाटन सम्पन्न

22

संतोष रन्जितकार
वीरगञ्ज, १९ फाल्गुन
सुजुकी मोटरसाईकलको अधिकारीक बिक्रेता सिविल अटो ट्रेडर्सको सोमबार एक समारोहका बिच वीरगञ्जमा उद्घाटन गरिएको छ । ट्रेडर्सका सञ्चालक मोहमद इरफान मंसुरीका बुवा मोहमद यासिन मंसुरी र आमा सर्फुन नेसा मंसुरीले वीरगञ्जको क्रिमुर्ति चोकमा सुजुकी मोटरसाईकल, मोटुल मोविल, र स्टिल बर्ड हेलमेटको बित्री बितरणका लागि रिबन काटेर शो रुमको उद्घाटन उद्घाटन गर्नुभएको हो । एरोडाइनामिक टेक्नोलोजी, डबल एबिएस एफ आई इन्जिन, एच आई डि हेडलाईट लगायत ५ वर्षको इन्जिन वारेन्टी भएकोले सुजुकी मोटरसाईकल सबै ग्राहकको रोजाईमा पर्ने गरेको ट्रेडर्सका सञ्चालक इरफान मंसुरीले बताउनुभयो । वीरगञ्जमा माग अनुसारको शोरुम नभएकोले पनि ग्राहकको आवश्यक्ता तथा मागलाई मध्यनजर गर्दै वीरगञ्जमा शोरुमको स्थापना गरिएको सञ्चालक मंसुरीको भनाई थियो । उत्कृष्ट सेवा सुविधा सहितका नया प्रविधि र आकर्षक मुल्यमा १ लाख ८१ हजार ९ सय देखी लिएर ६ लाख सम्मका मोटरसाईकलहरु उपलब्ध रहेको ट्रेडर्सकी सेल्स अधिकृत रोशना श्रेष्ठले जानकारी दिनुभयो ।