एक दिने नव उद्यमी हाट बजार सम्पन्न

12

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
वीरगंजको उधोग बाणिज्य संघ पर्साको सभागृहमा एक दिने नव उधमी हाट बजार सम्पन्न भएको छ । सो हाट बजार अन्तर प्रेना, वीरगंज उधोग बाणिज्य संघ र बिरगंज पब्लिक कलेजको आयोजनामा सम्पन्न भएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य नया व्यापार गर्ने उधमीहरुलाई आफनो उत्पादन बजारमा ब्यबस्थापन गर्ने र आफनै देशको उत्पादन नेपाल भरी बिकास गर्ने रहेको हो । ओमेन स्किल, प्रेमा प्रोजेक्ट एण्ड मार्ट, सुखी, प्रगतिशिल महिला कृषक समुह, नेपाल कंक्रिट उधोग, सर्भोटेक इन्भर्टर लगायत १५ जना उधोगीहरुको यस बजारमा सहभागिता रहेको थियो ।

त्यसैगरी वीरगंज पब्लिक कलेजका बिधार्थीहरुले पुनः प्रयोग हुने सेनेटरी प्याडको प्रदर्शन गरेका थिए जसले मध्य वर्गीयहरुलाई केही सहज हुने तथा अन्य महिलाहरुलाई समेत सेनेटरी प्याडको खर्च कम गर्ने छ । विद्यार्थीहरुले प्लाष्टिकको झोलाले बातावरण प्रदुषण भइरहेको कारण वातावरण प्रदुषण हुन् बाट जोगाउन बिभिन्न तरकारी र फलफुलको बोक्रालाई प्रसोधन गरि झोला बनाउने प्रबिधिको प्रदर्शन गरेका थिए, जुन झोला १५ दिन भित्र गल्ने बिधार्थीहरुले जानकारी गराएका थिए । सो हाट बजारलाई अवलोकन गर्न हजारौको संख्यामा व्यापारी, बिधार्थी तथा स्थानीयहरुको उपस्तिथी रहेको थियो ।