नेकपाको सरकार भ्रष्टाचारमा लिप्त भएकोले अब संविधानको रक्षा नेपाली कांग्रेसले गर्छ ः अध्यक्ष बस्नेत

16

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
नेपाली का“ग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्तेतले नेपाली का“ग्रेस एकजुट हुनुको बिकल्प नभएको बताउनुभएको छ । प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले नेकपाको सरकार भ्रष्टाचारमा लिप्त भएकोले अब संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको बताउनुभयो । स्थानिय, प्रादेशीक र केन्द्रिय सरकारले कर मात्रै बढाएर जनताको ढाड सेक्ने काम गरेको बस्नेतको आरोप थियो ।

त्यसैगरी नेपाल विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष राजीब ढुंगानाले नेकपाको सरकारले गरेको क्रियाकलापदेखी आजित भएर विप्लव तथा दक्षिणपन्थी तर्फ आकर्षित हुन सक्ने धारणा राख्नुुभयो । प्रधानमन्त्री जनताको रक्षक हुनुको सट्टा भ्रष्टाचारीको रक्षक भएको आरोप समेत अध्यक्ष ढुंगानाले लगाउनुभएको थियो ।
संविधानलाई कमजोर बनाउने तर्फ बर्तमान सरकार उन्मुख भएको बताउ“दै उहा“ले अबिधेशन पछि नेपाली कांग्रेसको गुटगत विवाद समाधान हुने बिश्वास पनि व्यक्त गर्नुभयो ।
प्रेस युनियन पर्साका उपाध्यक्ष बिजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली का“ग्रेस पर्साका सभापति अजय द्विवेदी, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगंज महानगर अध्यक्ष भोला कलवार, नेविसंघ पर्साका निवर्तमान अध्यक्ष दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो ।