ट्राफिक व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना

14

संतोष रन्जितकार
वीरगंज, २१ फागुन ।
व्यवस्थित वीरगंज अभियान अन्तर्गत समुदाय प्रहरी सझेदारी तथा जिल्ला ट्राफिक प्रहरी पर्साको संयोजनमा बुधबार ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज नर्सिङ क्याम्पसको सभाहलमा नर्सिङ क्याम्पसका विद्यार्थीलाई दुर्घटनाबाट बच्ने र अरु दुर्घटनामा परेकालाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धमा जानकारी गराइएको हो ।

कार्यक्रम नर्सिङ क्यम्पसका प्रमुख श्रीमती सुर्य कोइरलाको अध्यक्षतामा र ब्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्कीको संयोजनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त रहनु भएको थियो भने पर्सा ट्राफिक प्रमुख कमलराज पण्डितको बिषेश उपस्थिति रहेको थियो ।
ऊक्त कार्यत्रममा प्रोजेक्टर मार्फत दुर्घटनाका कारण यसबाट बच्ने उपायको साथै उपचारको बारेमा ट्राफिकका सई किरण कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले हामी कानुनको पालना गरे समाजिक घरेलु र यस्ता ट्राफिक दुर्घटनाबाट सुरक्षीत हुने बताउनु भएको थियो साथै क्याम्पस प्रमुख सुर्य कोईरालाले हामी स्वस्थ्य क्षेक्रको ब्यत्तीलाई ट्राफिक जस्तो सरोकारको चेतना दिनु भएकोमा धन्यवाद व्यक्त गरेकी थिइन ।