राष्ट्रिय वाणिज्य बैंकद्वारा युवाहरुको लागि तेस्रो चरणको तालिम शुरु

6

संतोष रन्जितकार
वीरगंज, २१ फागुन ।
राष्ट्रिय वाणिज्य बैंकले तेस्रो चरणको प्रदेश नं. २ को युवाहरुको लागि ३ महिने तालिम गराउने भएको छ । विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा प्रदेश नं २ को लागि तेस्रो चरणको तालिमको शुरुवात गरेको हो ।
फाईनान्सियल ट्रेनि· सेन्टरको रुपमा अगाडी लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले २०७६ फाल्गुन २१ गते बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकि· विषयगत तयारी कक्षा २०७६ चैत्र ७ देखि चैत्र ९ गते सम्म वीरगंजमा संचालन गर्दैछ । प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् ।
कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश नं २ का प्रमुख विश्व प्रकाश ज्ञवालीज्यूले स्वागत गर्नुभई युवा लक्षित ट्रेनि· आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको कुरा बताउनुभयो । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्ष्यमा, रोजगार उन्मुख किसिमका तालिमहरुले युवकहरुको वृतिविकासमा धेरै सहयोग गर्ने कुरामा उहांले विश्वास व्यक्त गर्नुभयो ।
आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ ।
नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिम प्रदेश १ र ३ मा सम्पन्न भई तथा तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका छन् । त्यसैगरी सोही तालिम प्रदेश २ मा शुरु गरिएको छ भने निकट भविश्यमै बांकी प्रदेशहरुमा पनि यो तालिम संचालन गरिने छ ।