अब्दुल्लाहको हत्या प्रकरणमा गहन छानबीन शुरु, चाडै नै सत्य तथ्य बाहिर ल्याउने एसपी पन्तको भनाई

10

संतोष रन्जितकार
वीरगंज, २२ फागुन ।
पोखरिया नगरपालिकामा विगत ६ महिना अगाडी बालक अब्दुल्लाहको हत्या प्रकरणमा गहन छानबीन गरि सत्य तथ्य बाहिर ल्याउने पर्साका एसपी गंगा पन्तले बताउनु भएको छ । अब्दुल्लाहको शव बरामद भएको पोखरी लगायत घटनासंग सम्बन्धीत ठाउको बिहिबार अनुगमन गर्दै पन्तले घटनाको रहस्य चाडै बाहिर आउने विश्वास व्यक्त गर्नुभएको थियो ।
अनुगमनको क्रममा पोखरिया नगरप्रमुख दिप नरायण रौनियार, घटनाको अनुसन्धान अधिकृत इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र सिंह, पिडित परिवार लगायत स्थानिय जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
पोखरीया नगरपालिका वडा नम्बर ५ निवासी शिक्षक गन्नी अन्सारीको १५ वर्षिय छोरा अब्दुल्लाह बितेको असोज १९ गते घरबाट हराएको र असोज २१ गते घर नजिकै रहेको पोखरीबाट उसको शव फेला परेको थियो । शवको अवस्था तथा केहि महिना पश्चात पोखरीको डिलबाट बरामद लत्ता कपडाको स्थितीले घटना सुनयोजित भएको देखिन्छ ।
त्यसैगरि पोष्टमार्टम रिपोर्ट र विभिन्न प्रयोगातमक परिक्षण आपसमा बाझिनुले पनि अपराध नै भएको प्रष्ट भएको अवस्थामा पनि प्रहरीले हालसम्म दोषी पता लगाउन सकेको छैन ।