अवैध छोहडा सहित २ वटा अटो प्रहरीको नियन्त्रणमा

36

संतोष रन्जितकार
वीरगंज, २२ फागुन ।
पर्सा प्रहरीले छोहडा सहितको २ वटा अटो नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा बुधबार दिउसो २ बजेको समयमा ना २ ह ५२१४ र ना.२.ह.४७४९ नम्बरको अटोमा लोड रहेको २० बोरा (१० क्वीन्टल) छोहडा सहितको अटो बरामद गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिकाको वडा नं.१६ नगवा स्थितबाट छोहडा सहितको अटो नियतन्त्रणमा लिएको थियो । नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको छोहड नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।