फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

35

सत्येन्द प्रताप सिंह
रौतहट, २२ फागुन ।
लामो समयदेखीको वाद विवाद पछि बिहिवार रौतहटको फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा पारित भएको छ । मेयर र उपमेयरविच लामो समयदेखी कुरा नमिल्दा अडकिएको फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा ९ महिना ढिलो गरी बिहिवार सम्पन्न भएको हो ।
नगरपालिकाको सभाकक्ष विजयपुरमा विहिवार आयोजित एक कार्यक्रमकावीच तेश्रो नगरसभा भव्यताका साथ सम्पन्न भएको थियो । मेयर गोपाल यादव र उपमेयर कान्तीदेवी महतोवीच बजेटमा भागबण्डा नमिल्दा यस अघि दुई पटक नगरसभा भए पनि कार्यान्वयन नभई रद्द भएको थियो ।
उपमेयर कान्ती देवी महतोले मेयर यादव आफुखुसी नगरसभा गरेको आरोप लगाउँदै मेयर यादव एकलौटी गरेको नगरसभा रद्द गर्न उच्च अदालत विरगंजमा निवेदन समेत दर्ता गराएकी थिईन ।
उपमेयर महतोको जाहेरीको आधारमा उच्च अदालत विरगंजले यसअघि ११ गतेका लागि निर्धारण गरिएको नगरसभा रद्द गर्न निर्देशन दिएको थियो ।
मेयर र उपमेयरवीच बजेट बाँडफाँडको विषयमा नै कुरा नमिल्दा नगरसभा पटक–पटक स्थगीत हुँदै आएको थियो तर बजेट भागबण्डामा मेयर र उपमेयरको कुरा मिलेपछि नगरसभा सम्पन्न झएको थियो ।
कार्यक्रममा चालु आर्थिक वर्षको नीति तथा कार्यत्रम कार्यान्वयन गर्नको लागि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया १० पैसा बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, पूर्वाधार विकास, सडक निर्माण, यातायात, विद्युत, सञ्चार, खेलकुद, कृषि लगायतका विकास निर्माणको कामलाई विशेष प्राथमिकता दिएको छ ।
यसैविच नगरपालिकाको नगरसभा विहिवार दुई तिहाई बहुमतले सम्पन्न भएपछि नगरका कर्मचारी र शिक्षकहरुको तलब निकासा हुने बाटो खुलेको छ । नगरसभा नभएकै कारण नगरपालिकाका सयौ शिक्षक तथा कर्मचारीहरु गत असार महिनादेखी नै अहिलेसम्म तलब भत्ता पाएका थिएनन्, तर नगरसभा सम्पन्न भएपछि अब शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता चाडै नै निकासा हुने मेयर गोपाल यादवले बताउनुभयो ।