रौतहटमा अबैध गाँजा सहित एक भारतिय पक्राउ

11

सत्येन्द प्रताप सिंह
रौतहट, २२ फागुन ।
रौतहटको सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाले लागुऔषध गाँजा सहित एक जना भारतियलाई पक्राउ गरको छ ।
गएराति ९ बजेको समयमा जिल्लाको गौर नगरपालिका बडहर्वा पुलबाट ५ किलो २ सय ग्राम अबैध गाँजा सहित भारत विहार जिल्ला सितामढी बैरगनीयाका २१ वर्षिय रोहित कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटि गएको टोलीले नेपालबाट भारत तर्फ गईरहेको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो । कालो झोलामा लुकाई छिपाई भारततर्फ लगिरहेकोमा शंका लागि चेकजाँच गर्दा उक्त लागुऔषध गाँजाबरामद भएपछि पासवानलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।
गाँजा सहित पक्राउ परेको पासवानलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेड क्वाटर रौतहटका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताउनुभयो ।