इलाका प्रहरी पोखरीयाद्वारा कुखुरा नष्ट

13

संतोष रन्जितकार
वीरगंज, २४ फागुन ।
इलाका प्रहरी कार्यालय पोखरियाले विभिन्न समयमा नियन्त्रण लिएको अवैध कुखुरा खाडलमा पुरेर नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनी भाठाको समेत सक्रियतामा बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवाबाट साइकल सहित एक क्वीन्टल २५ केजी (५० वटा) कुखुरा नियन्त्रणमा लिएको थियो । यस्तै प्रहरी चौकी आशवारीले धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुरबाट १७ वटा (४० केजी) कुखुरा र ४० केजी माछा नियन्त्रणमा लिएको थियो ।
यस्तै इप्रका पोखरिया र इप्रका प्रसौनी भाठाको टोलीले पकहा मैनपुर गाउँपालिकाको वडा नं. २ मानिपुरबाट थप २८ वटा (७० केजी) कुखुरा नियन्त्रणमा लिएको थियो ।
भारतबाट नेपाल भित्रयाइएको बरामद तथा नियन्त्रणमा लिइएको अवैध कुखुरा र माछालाई खाडल खनेर क्वारेन्टाइन र पशुपंक्षी व्यवसायी संघको प्रतिनिधिहरुका रोहबरमा नष्ट गरिएको इप्रका पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयो ।