एैलानी जग्गामा धमाधम निर्माण, महानगरपालिका मौन

23

संतोष रन्जितकार
वीरगंज, २४ फागुन ।
सार्वजनिक जग्गा जोगाउन वीरगंज महानगरपालिकाका रंजन कुमार साहले प्रयास गर्दा कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् । उनले वीरगंज महानगरपालिका वडा नं. १६ मा राजवंशी दास तत्वाको नाउंमा कि.नं. २४ मा जम्मा ५ धुर जग्गा रहेको र सो जग्गामा घर नबनाई सौदागर दास तत्वाले एैलानी जग्गामा बिना नापनक्सा वीरगंज महानगरपालिकाबाट स्वीकृति समेत नलिई घर निर्माण गरिरहेकोले त्यसलाई रोक्न वीरगंज महानगरपालिकामा र अदालत समेतलाई गुहार्दा कुनै कारवाही भएको छैन । उच्च अदालत अस्थायी इजलास वीरगंजले महानगरपालिकालाई पत्र लेखेर यस सम्बन्धी सक्कल फाइल मिति २०७६/८/१६ मा माग गर्दा पनि महानगरपालिकाले उपलब्ध गराउन सकेको छैन ।
यस सन्दर्भमा वीरगंज महानगरका कानूनी सल्लाहकार बिरेन्द्र प्रसाद यादवले कानून अनुसारको प्रक्रिया पुरा नगरी सौदागर दास तत्वाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित कार्य गरेको राय प्रतिवेदन महानगरपालिकामा बुझाएको भएतापनि हालसम्म निर्माण कार्य रोक्न महानगरपालिकाले कुनै प्रयत्न गरेको छैन । वडाअध्यक्ष् ँश्यामबाबु चैँरसियाले माल पाएर चाल नपाएको जस्तै गरेर वडाबासीहरुलाई अनेकौं दुःख दिंदा पनि महानगरका प्रमुख बिजय सरावगी मौन रहेका छन् । सौदागर दास तत्वा भुपु प्रहरी भएको दम्भ देखाई धमाधम निर्माण कार्य गरिरहेको देख्दा प्रहरीप्रति पनि जनगुनासो बढ्दै गएको छ ।