जीपी फाउण्डेशनद्वारा बाराको बहुअरीमा कोरोना सम्बन्धी जनचेतनामूलक र्‍याली प्रदर्शन

17

वीरगंज, २४ फागुन ।
बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा जीपी फाउन्डेसनद्वारा कोरोना भाइरस सम्बन्धी शनिबार जनचेतनामूलक र्‍याली निकालिएको छ । बहुअरी टोलको पुलबाट निस्केको र्‍याली टोलको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
परवानीपुर गाउँपालीकाका कार्यक्रम संयोजक दिपक यादवको अध्यक्षतामा सो र्‍याली निकालिएको थियो । कार्यक्रममा कोरोना भाइरस विश्वरभर फैलीसकेको हुनाले स्थानीहरुलाई सर्तक रहन अध्यक्ष यादवले आग्रह गर्नुभयो । साथै वडामा सरसफाई राख्न , साबुन पानीले हात धुन र सकेसम्म माक्सको प्रयोग गर्न आग्रह गरिएको थियो ।
र्‍याली कार्यक्रम पश्चात जीपी फाउन्डेसनले सोही वडामा प्रमोद यादवको अध्यक्षतामा २१ सदस्यीय कमिटी समेत गठन गरेको छ । नवगठित समितीका उपाध्यक्षमा शम्भु साह, सचिवमा भोला साह, कोषाध्यक्षमा मंदिप यादव, सदस्यमा रवीन्दर पटेल, उमेश पटेल, रामबेलास पासवान, प्रमोद पटेल लगायतका सदस्यहरु रहेका छन । नवगठीत सदस्यहरुलाई टीका तथा फुलमाला लगाई स्वागत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता सुनिल पटेल, श्याम राम, सुरेन्द्र पटेल लगायत जीपी फाउण्डेशनका पदाधिकारीहरु र स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।