डिजेल सहित ३ भारतीय मोटरसाईकल बरामद

8

संतोष रन्जितकार
वीरगंज, २४ फागुन ।
नेपालबाट भारत तर्फ लैजादै गरेको ७ सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्रहरीले शनिबार पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थितबाट ३ वटा भारतिय मोटरसाइकल सहित डिजल बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लैजादै गरेको BR22K 3731, BR22G 8424 र BR05D 2896 नम्बरको मोटरसाइकल सहित ७०० लिटर डिजेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालबाट भंसार छली चोरी निकासी गरी अवैध रुपमा डिजेल लैजादै छ भनि विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सो डिजल बरामद गरेको जनाइएको छ । बरामद डिजल र मोटरसाइकल आवश्यक कारवाहीको लागी बीरगंज भंसार बुझाउने कार्य भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।