पर्सामा भाइरल इन्फ्लुएन्जाबाट संक्रमित बढ्दै

6

वीरगंज, २३ फागुन (रासस) ः
मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्ढ्रमति रोगीको संख्यामा वृद्धि भएको छ । बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको संख्या बढेको हो ।
दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको संख्या बढेको चिकित्सकको भनाइ छ । एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्ढ्रमित रोगीको संख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।
अस्पतालको बहिर· विभागमा उपचारका लागि आउने रोगीमध्ये दुई तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्ढ्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् । इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताउनुभयो । उहाँले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिनुभयो ।
मौसम परिवर्तनसँगै हुने बिरामीलाई जोगाउन तातो झोल पर्दाथको सेवन बढाउनुका साथै सरसफाइमा ध्यान दिन डा ठाकुरले सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले नियमित साबुन पानीले हात धुनुका साथै चिसो हावाबाट बालबालिकालाई जोगाए मौसमी रोगबाट बचाउन सकिने सुझाव दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा मौसमी रोगबाट बढी सङ्ढ्रमित हुने गरेको इर्मेजेन्सी रोग विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी सङ्ढ्रमणबाट जोगिन सकिने बताउनुभयो ।