प्रेस युनियन बाराका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

9

बारा, २३ फागुन ।
प्रेस युनियन बाराका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् । गत माग २९ गते कलैयामा सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित भएका जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रिय फ्रतिनिधिले शुक्रबार सिमरामा आयोजित कार्यत्रममा पद तथा गोपनियताको सपथ लिएका हुन् ।
केन्द्रिय प्रतिनिधि दीपेन्द्र चौहानको रोहवरमा निर्वाचन अधिकृत, अधिबक्ता नरेश चौधरीले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्यामबाबु यादवलाई र अध्यक्ष यादवले अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई सपथ गराएका हुन् । चौहान प्रेस युनियन बाराको अधिबेशन गर्नका निमित्त केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका थिए ।

आजै केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई पनि सपथ गराईनुका साथै निर्वाचित भएको प्रमाणपक्र समेत बितरण गरिएको थियो । कार्यत्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरुप्रसाद गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्यद्वय भोजराज भट्टराई र जगत राईको समेत उपस्थिती रहेको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियंका दास, महासंघ बाराका सचिव गणेश रिजाल, प्रेस युनियन बाराका पूर्व सभापती रबिन्द्र सिंह, बरिष्ठ पत्रकार रेशम तिवारी, रतनलाल टेमानी लगायतको उपस्थिती रहेको थियो ।
सपथ ग्रहण पश्चात आयोजित एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिले अधिबेसन सम्पन्न गर्न सहयोग पुर्‍याउने केन्द्रिय प्रतिनिधि र निर्वाचन समितिका सदस्यहरुलाई मायाँको चिनो प्रदान गरी सम्मान गरेको थियो ।