बारामा रहेको बुद्ध ऐयर बिमानस्थालमा हेल्थ डेस्क शुरु

12

मनोज साह
बारा जितपुर, २४ फागुन ।
कोरोना भाइरसविरुद्ध सावधानी अपनाउदै बाराको सिमरा विमानस्थलमा बुद्ध एयरले यात्रुको स्वास्थ्य परीक्षण र सहायता कक्ष सुरु गरेको छ ।
महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन बुद्ध एयरले स्वास्थ्य परीक्षण गरेर मात्र यात्रुलाई विमानमा पठाउन थालेको हो ।
बोर्डिङ पास लिनुपूर्व थर्म स्क्यानर मार्फत यात्रुको तापक्रम जाँच गर्ने र त्यसपछि मात्रै विमानमा पठाउन थालिएको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले बताए । सिमरा–काठमाडौं रुटमा बुद्ध एयरका दैनिक सात उडान छन् । नेपाल मात्र नभई छिमेकी राष्ट्र भारतका यात्रुसमेत यो रुट भएर काठमाडौं–सिमरा आवत–जावत गर्ने गरेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा समेत कोरोनाको संक्रमण फेला परेको हुनाले यो स्वास्थ्य परिक्षण शुरु गरिएको प्रमुख रेग्मीले बताए ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा सिमरा विमानस्थलमा यात्रु सहायता कक्ष सुरु गरिएको छ । यात्रुलाई कोरोना विरुद्धको सावधानीका विषयमा जानकारी गराउन, याक्रुको स्वास्थ्य अवस्थाका विषयमा बुझ्न सहायता कक्ष सुरु गरिएको हो ।
सहायता कक्षमा यात्रुलाई कोरोनाको संत्रमणबाट बच्ने उपायका विषयमा जानकारी गराउने र अन्यलाई समेत बचाउन लागि आफूले खेल्नुपर्ने भूमिकाका विषयमा बताउने गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारी अनिलकुमार दासले जानकारी दिए ।