होली पर्वको उपलक्ष्यमा कपडा बैंकद्वारा गरिब असहायहरुलाई कपडा वितरण

17

संतोष रन्जितकार
वीरगंज, २३ फागुन ।
होली पर्वको उपलक्ष्यमा वीरगंञ्ज कपडा बैंकले शुक्रबार १ हजार २ सय थान कपडाहरु वितरण गरेको छ । बिरगञ्जं कपडा बैंकको आयोजना एवम राज होजियारी बिरगंजको सहयोगमा होली पर्वको उपलक्ष्यमा बिरगंजको घण्टाघरमा निःशुल्क कपडा बितरण गरिएको हो । सो कार्यक्रममा नया एवम पुराना गरि करिब १ हजार २ सय थान कपडाहरु करिब ६ सय जना गरिब, असहाय तथा आवश्यक जनमानसहरुलाई बितरण गरिएको थियो ।

वीरगंज कपडा बैंकका संयोजक बृजेश्वर प्र. चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरेन्द्र कुर्मी, प्रकाश थारु, जसपाल सिंह, लाल बाबू सिंह, ओम प्रकाश सर्राफ, मनोज मिश्र, बिनोद प्र. कुर्मी, कन्हैया पटेल, मोनिका सिंह लगायत स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।