पर्साको ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना

39

संतोष रन्जितकार
वीरगंज, २५ फागुन ।
पर्साको ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । ठोरी गाउँपालिका–४ पानीटंकीस्थित आर्मी ब्यारेकमा स्थापना भएको सर्पदंश केन्द्रको आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाका सहायक रथी अनुपजंग थापा र गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपाली सेनाको प्राविधिक सहयोग र गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्पदंश केन्द्र सञ्चालन हुने स्थानीय युवा समाजसेवी निमा पाख्रिनले जानकारी दिइन् ।
समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।
सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि वीरगञ्ज वा चितवनको भरतपुर लैजानु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जन, वडाध्यक्ष वइबहादुर पाख्रिन लगायत स्थानीय बुद्धिजिवीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।