ग्रीनसिटीद्वारा रक्तदान कार्यत्रमको आयोजना

17

संतोष रन्जितकार
वीरगंज, १ चैत्र ।
वीरगञ्जमा बढीरहेको रगतको अभावलाई मध्यनजर गर्दै ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र राऊण्ड टेवलको संयुक्त आयोजनामा रत्तदान कार्यक्रम सम्पन्न भएको छ । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न झएको रक्तmदान कार्यत्रममा २० महिला सहित १ सय जनाले रक्तदान गरेका रत्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
वीरगंजको आदर्शनगर चोकमा सम्पन्न कार्यक्रमको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरुले रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा महिला नेतृ रम्भा मिश्रा, मुकेश खेतान, पचु पटवारी, गोपाल कन्डोई, उक्तम अग्रवाल, कविता खेतान, आदिती चाचान, निकिता मित्तल, मिताली बजाज, रश्मि कुमारी, सृजना श्रेष्ठ लगायतले रत्तदान गरेका थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झएको रक्तदान कार्यत्रममा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्की, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतो, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा, पर्साका ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डित, राजपाका नेता नेजामुद्दिन समानी, रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साह, सामुदायीक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, स्थानिय बुद्धिजिवि, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।