जीपी फाउण्डेशनद्वारा छपकैयामा वडा कार्य समिति गठन

23

संतोष रन्जितकार
वीरगंज १ चैत्र ।
स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले शनिबार एक समारोहको आयोजना गरी वडा कार्य समितिको चयन गरेको छ । जिल्ला कार्य समितिको निर्धारित कार्यतालिका निर्णय अनुसार शनिबार वीरगंज महानगरपालिकाको वडा नं ३ छपकैयामा फाउण्डेशनको वडा कार्य समिति गठन गरिएको हो ।

फाउण्डेशनले संदिप कुमार केवटको संयोजकत्वमा १३ सदस्यीय वडा समिति चयन गरेको थियो भने समितिको सह संयोजक भाग्यनाराण महतो ,सचिव समि हवारी, सह सचिव सुल्तान अंसारी, कोषाध्यक्ष नुरेनबी अंसारी रहेका छन भने सदस्यमा लक्षमण पडिंत,अवद्ध बिहारी पाण्डे,इरसाद अंसारी, नुरुल हक, अजयलाल यादव, राहुल राय भट,नेजामुदिन हवारी र श्याम लाल दास रहेका छन ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन वडा कार्य समितिलाई बधाई ज्ञापन गर्दै र्कायक्रमका विशिष्ठ अतिथि प्रकाश उपाध्यायले गिरिजा प्रसाद कोईरालाको नेपालमा योग्दान बारे नवगठित कार्य समितिका युवाहरुलाई प्रेरित गर्दै जसरी पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाले व्यक्तिगत फाईदा वा स्वार्थ नहेरी देश र जनताका लागि लडिरहे समितिले पनि समाजिक कुरिती तथा विसंगतिहरुको विरुद्ध लागिरहन आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाईटि तथा नेपाली काग्रेंस पर्साका नेता श्याम कुमार पोखरेलले समाजिक कार्यमा नवनिर्वाचित समितिले अग्रसर्ता लिदै जाने विश्वास रहेको बताए भने कार्य समितिलाई समाजिक कार्य गर्नलाई केही सहयोग चाहिएमा रेडक्रस तत्पर रहेको अश्वासन दिलाएका थिए ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि तराई यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष हाजी सोहेल अंसारी, मदर्शा बरकतुल उलुमका अध्यक्ष रेयाज अहमद अंसारी, मुस्लिम समाजका अगुवा शेर महम्मद मंसुरी, नेपाली कांग्रेसका बडा बुथ कार्य समिति ३ का सभापति शेख नेजामुदिन, फाउण्डेशनका नगर अध्यक्ष अकाश चौहान, प्रेस युनियन पर्साका सचिव लालकिशोर सिंह, फाउण्डेशन पर्साका कार्य समितिका पदाधिकारीहरु तथा वीरगंज महानगरपालिका वडा नं ३ छपकैयावासिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।