कोरोनाको क्रासले गर्दा रत्तदानका कार्यक्रममा कमी आएपछि बिरामीहरुलाई रगतको अभाव

31

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण सामूहिक रक्तदानमा आएको कमीले पर्साको रक्तसंचार केन्द्रमा रगतको अभाव हुन थालेको छ । कोरोनाको हल्लासँगै भीडभाड र समूहगत काममा आएको कमीले सामूहिक रक्तदानमा परेको असरसँगै रगतको पनि अभाव हुन थालेको हो ।
वीरगन्जका विभिन्न अस्पतालमा आउने बिरामीका लागि दैनिक ४० देखि ६० पोकासम्म रगत चाहिन्छ । तर, अहिले सामूहिक रक्तदानमा कमी आएकोले बिरामीका लागि चाहिने रगतको माग धान्न अप्ठ्यारो हुन थालेको रक्तसंचार केन्द्र वीरगन्जको संयोजक मधु राणाले बताइन् । सहकारी र बैंकले पछिल्लो समयमा गर्ने कोठे रक्तदानले ठूलो अभावलाई धानेको छ ।
वीरगन्जमा मात्र साना क्लिनिक छोडेर नारायणी अस्पताल, इण्डो हस्पिटल, अली हस्पिटल, श्रीराम हस्पिटल, एएमसी अस्पताल, सीता हस्पिटल, कृष्णा हस्पिटल, भवानी अस्पताल, प्रभु हस्पिटल, न्यूरो हस्पिटल, गण्डक हस्पिटल, हेल्थ केयर हस्पिटल, बयोधा नारायणी हस्पिटल, न्यू नारायणी अस्पताल, तराई हस्पिटल, नेशनल मेडिकल केलेज, सूर्य हस्पिटल, गरी २० वटा जति ठूला अस्पताल रहेका छन् ।
ती सबै हस्पिटलमा आउने रगत चाहिने खालका बिरामीलाई महिनामा १ हजार ५०० पोका जति रगत चाहिने गर्दछ तर कोरोना भाईरसका क्रासले र रत्तदान गर्दा भिडभाड हुने झएकोले रक्तदानका सबै कार्यत्रमहरु बन्द गरिएका छन् ।
यस्तै, अवस्था हुने हो भने कोरोनाको प्रकोपसँगै पर्साको हकमा भने बिरामीका लागि चाहिने रगतको पनि अभाव खड्किने कुरा नकार्न नसकिने रेडक्रस वीरगन्जका सभापति वीरेन्द्रराज कँडेलले बताए ।
ॅरगत खोज्दै आएका बिरामीका मानिसलाई नै ॅकन्भिन्स’ गरी अलि बढी रक्तदान गराउँदै आऊँदा कामसम्म चल्दै छ । तर, यस्तै अवस्था रहिरहे आगामी दिनमा सकस हुन्छ’ रक्त संचार केन्द्र तथा रेडत्रश वीरगन्जका प्रशासकीय अधिकृत उदयराज शर्माले अंकुस दैनिकलाई बताए ।
कोरोना संक्रमणका कारण सभा, सम्मेलन वा भिडभाडमा कमी गर्नुपर्ने झएको हुँदा रक्तदाता संस्थालाई खुल्ला रत्तदान गर्न जोड गर्ने अवस्था छैन । त्यसैले कोरोनाको प्रभाव रक्तदानमा पनि पर्न थालेको छ ।