ग्रीन सिटीद्वारा कोरोना सम्बन्धी चेकजाँच

19

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरको आयोजनामा तथा एभरेष्ट पेरेन्त्रलस प्रा.लि. र भवानी अस्पतालको सहयोगमा कोरोना भाईरस सम्बन्धी चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोरोना भाईरस सम्बन्धी विझिन्न जनचेतनामूलक कार्यक्रम समेत गरिएको थियो ।

कार्यत्रममा सडकमा हिड्ने बटुवा, विद्यार्थी तथा स्थानीय गरी ३५० जना भन्दा बढीको कोरोना भाईरस सम्बन्धी चेकजाँच गरिएको थियो । सो चेकजाँच भवानी अस्पतालका चिकित्सकहरुले गरेका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी नायब निरिक्षक सुर्य बहादुर थापा मगर, आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक सुर्य नारायण चैँधरी, राजपाका नेतृ रम्भा मिश्रा, छपकैया सामुदायिकका ग्यासुदिन ठकुराई, मुर्ली जालान, ज्योती रुंगटा, बसन्त प्रसाद उपाध्याय लगायत संचारकर्मी तथा स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।