प्रकृति सेवा प्रतिष्ठानले कोरोनाको रोकथाममा भएको कमी सम्बन्धी प्रजिअलाई ज्ञापन

25

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
प्रकृति सेवा प्रतिष्ठान नेपालले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारलाई एक ज्ञापन पत्र बुझाएको छ । प्रतिष्ठान नेपालले प्रजिअको कार्यकक्षमा पुगेर भेटघाट गर्नुको साथै ज्ञापन पत्र बुझाएको हो ।
प्रतिष्ठान नेपालले बुझाएको ज्ञापन पत्रमा नोबेल कोरोना रोग सम्बन्धि वीरगंज नाकामा चिकित्सक अपुग हुनु, आवश्यक उपकरणहरु एवम सुरक्षाकर्मीहरुको कमिले भारतबाट आउने सम्पुर्णको चेकजाँच हुन नसक्दा धेरै नै समस्या निम्त्याउने खतरा रहेको उल्लेख गरिएको छ । साथै सोको बारेमा अबिलम्ब थप चिकित्सक एवम आवश्यक उपकरणहरुको लागि पहल गरि दिन हुन समेत प्रतिष्ठान नेपालले ध्यानाकर्षण गराएको थियो ।
ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले हामी पनि यो बिषयमा असाध्यै गम्भीर रहेको र तत्काल आवश्यक पर्ने सबै ब्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
ज्ञापन पत्र बुझाउनेमा जसपाल सिंह, शम्भु थारु, लाल बाबू सिंह, राजेन्द्र सिंह राजपुत, अजय केशरी, केदार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।