कोरोना भाईरसको अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम

भाइरसको फैलिन नदिन आफै सर्तक रहन र हातको सरसफाईमा बढी ध्यान दिनु पर्छ ः मेयर सरावगी

19

अमित वर्णवाल
वीरगंज, ८ चैत्र ।
कोरोना अवसर तथा चुनौथी विषयक’ अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरण जिउने आधार र भोलेन्टियर समुहको आयोजना तथा वीरगञ्ज उधोग वाणिज्य संघको सह–आयोजनामा शनिबार वीरगंज उद्योग वाणिज्य संघको सझाहलमा अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको हो ।
कार्यक्रम स्थलमा प्रवेश गर्नु अगाडी सहभागीहरुलाई सैनेटाईजारले हात सफा गराई प्रवेश गराइएको तथा मास्क पनि वितरण गरिएको थियो । साथै कार्यक्रमका सहभागिहरुकालाई करिब २/२ मिटरको दुरीमा बस्ने व्यवस्था मिलाइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले कोभीड–१९ अर्थात कोरोना भाइरसका कारण हाम्रो जीवनको आनीबानीमा परिर्वतन आएको बताउनुभयो । उहाँले कोरोना भाइरसको उच्च जोखिममा बीरगंज रहेको चर्चा गर्दै भाइरसको संक्रमणबाट जोगिन आफै सर्तक हुनु पर्नेमा जोड दिनु भयो । संक्रमण देखियो भने त्यसलाई नियन्क्रण गर्न र संत्रमीतहरुका लागि बीरगंजमा करिब १ सय बेडको आइसोलेशन वार्ड निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । बीरगंजको केडिया डेन्टल अस्पताललाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने बताउनु भयो । उहाँले भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुने र हातको सरसफाईमा बढी ध्यान दिन आम नगरवासीलाई अपिल गर्नु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले निष्कृय रहेको सार्क कोरोना भाइरसको कारण सक्रिय हुन खोजेको चर्चा गर्दै लक डाउनको अवस्था आएमा आफनो आवश्यकताको आपूर्ती आफैले उत्पादन गर्नुपर्ने अवस्थाको सृजना नेपालीका लागि अवसरको रुपमा रहने बताउनु भयो । सामुदायीक एकता जीवनको आनीबानीमा परिर्वतन कोरोनाले नेपालीका लागि जन्माएको अवसर भन्दै अव त्यसलाई जीवनपद्धती बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, डा. निरज सिंह , डा.लक्ष्मी थापाले कोभीड १९ नाम रहेको कोरोना भाइरसले अहिले संसारमा पारेको प्रभाव, त्यसको सर्ने प्रवृति लक्षण त्यसबाट बच्ने उपायहरुको सन्दर्भमा बिस्तृत चर्चा गर्नु भएको थियो भने कार्यक्रममा पर्सा प्रहरी उपरिक्षक गंगा पन्त, वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका युवा नेता रहबर अन्सारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए साथै पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले कोरोना अवसर र चुनौतीका बारेमा प्रकाश फारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वत्ताहरुले कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने बताए । साथै साबुन पानीले नियमित रुपमा हात धुने बानी बसाल्न आग्रह गरेका थिए । यस्तै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनका लागि पनि सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले आफना जिज्ञासाहरु पनि राख्नु भएको थियो । सहभागीको जिज्ञासाको जवाफ दिदै मेडिकल सुपरिटेन्डेन्ट डा. उफाध्यायले संक्रमीत ब्यत्तिको बारेमा टेष्ट गर्नका लागि नारयाणी अस्पतालमा किट उपलब्ध रहेको जानकारी दिनु भयो ।
त्यसैगरी डा.निरज सिंहले कोरोना भाइरसको संक्रमण र त्यसका कारण ज्यान गुमाउनेहरुको तथ्यांकको बिश्लेषण गर्दै कोरोनाले बढी बुढापाका उमेरका र हृदयरोगका बिरामीहरुले बढी ज्यान गुमाउनु परेको बताउनु भयो । उहाँले हातका माध्यमले भाइरसको संक्रमण फैलिने चर्चा गर्दै हातको सफाईमा ध्यान दिने र मुख, नाक आखाको सम्पर्कमा हातलाई जान नदिनेमा ख्याल राख्नु पर्ने बताउनु भयो । साथै उहाँले यो भाईरस १ मिटरको दुरीमा मात्र फैलन सक्ने तथा कपडामा ९ घण्टा, मेटलमा १२ घन्टा, सीसामा २४ घण्टा सम्म जीवीत रहने बताउनु भयो । उहाँले चीनमा सबैभन्द बढी लिफ्ट, एस्कालेटरको प्रयोगले गर्दा हातको असवाधानीका कारण संक्रमण फैलिएको बताउनु भयो । डा. सिंहले संक्रमणबाट जोगिन जीवनशैलीमा परिर्वतन ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

डा.लक्ष्मी थापाले खानपानमा पनि ध्यान दिन आवश्यक रहेको चर्चा गर्नु भयो । उहाँले राम्रो र स्वास्थ तरिकाले हात धुने कुरा त घरपरिवारबाटै शुरु गर्नु पर्नेमा जोड दिनु भयो । डा. थापाले बच्चादेखि नै यस्तो बानी बसालेको भए अहिले यस्तो जनचेतनाको खांचो नहुने औल्याउनु भयो । उहाँले कोरोना भाइरसको संक्रमण हुने बित्तिकै मान्छे मर्ने खालको प्रचार हुनु बेठीक रहेको बताउदै भाइरसको संक्रमण हुदैमा त्यो निको पनि हुने गरेको तथ्यांक रहेको जानकारी भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बीरगंज महानगर अध्यक्ष रहवर अन्सारीले यो संकटबाट पार पाउनका लागि सबै जना एक हुन आवश्यक रहेको चर्चा गर्नु भयो ।
वातावरण जिउने आधार संस्थाका पर्सा शाखा अध्यक्ष रोहीत वर्णवालको अध्यक्षतामा सम्फन्न अन्तरक्रिया कार्यत्रममा भिजिट मधेशका ओम प्रकाश सर्राफ, वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण महतो, वातवारण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहान, केन्द्रिय कोषाध्यक्ष रोशन पटेल, भोलेन्टियर समूहका श्याम सर्राफ, किसु सर्राफ, यात्रा डेलीका आँशु सर्राफ लगायत वातावरण जिउने आधार संस्थाका पर्सा शाखाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भोलेन्टियर समूहका संयोजक राजन श्रीवासतवले गर्नु भएको थियो ।