बढ्दो रगतको अझावलाई मध्यनजर गर्दै रक्तदान कार्यत्रम सम्पन्न

55

संतोष रन्जितकार
वीरगंज, ८ चैत्र ।
वीरगञ्जमा बढीरहेको रगतको अभावलाई मध्यनजर गर्दै रोटरी एण्ड रोट्रेक्ट क्लब अफm वीरगंजको आयोजनामा रक्तदान कार्यत्रम सम्पन्न भएको छ । माईस्थान मन्दिरको खाली चौतारामा सम्पन्न झएको रक्तदान कार्यत्रम क्लब आफ वीरगंजका अध्यक्ष मेनिका गिरीको अध्यक्षतामा सम्पन्न झएको हो ।

सो कार्यक्रम अध्यक्ष गिरीले रत्तदातालाई ब्लड बैग हस्तान्तरण गरी शुभारम्भ गर्नु झएको थियो । रक्तदान कार्यत्रममा महिला पुरुष गरी २७ जनाले रक्तदान गरेका क्लबका सदस्य सपना बरबलियाले जानकारी गराएकी थिइन् । रक्तदान गर्नेहरुमा संदिप रौनियार, गणेश माली, रोहित साह, गंगा थापा, पुरुषोत्तम गुप्ता, क्लबका अध्यक्ष मेनिका गिरीले समेत आफ्नो अमुल्य रगतको दान गरेकी थिइन् ।
कार्यक्रममा क्लबका डा. आनन्द कुमार झा, सोहन पोडर, संजय गुप्ता, आयुष गुप्ता, लव कुमार चौरसिया, प्रकाश गुप्ता , कन्हैया गुप्ता, योगीसी साह र रेडक्रसका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमी, समाजसेवी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।