सन्चारकर्मी माथि लाठीचार्ज

32

संतोष रन्जितकार
वीरगन्ज १२ चैत ।

वीरगन्जमा प्रहरी गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुरव्यबहार गरेको छ पत्रकार जाकिर हुसैनलाई बिरगंज रानीघाटबाट कुटपिट गरी दुरव्यबहार गर्दै पक्राउ समेत गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ हुसैन रानीघाट पुग्दा उनी माथि प्रहरीले कुटपिट गरेका थिए ।

यदपी पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरु वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले विना सर्त हुसैनलाई तीनघण्टाको नियन्त्रण पछि छाडेको हो ।

दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए । चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउनु को साटो अन्धाधुन लाठीचार्ज गर्न थाले ।

रिर्पोटिङ गर्न पुगेका हुसैनलाई पनि प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लठी प्रहार गरेका थिए । आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुब्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले गुनासो गरे ।

प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई छाडेका हुन ।पत्रकार माथि दुव्र्यवहार हुनु ठाडो प्रेस स्वतन्त्रता माथिको प्रहार हो र यो कुनैपनि हालतमा महासंघलाई सहन हुदैन, उनले भने,‘ प्रहरीले आफनो रवैयामा सुधार नल्याए उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुनेछौं ।

हुसैन न्यूज २४ टिभीका पत्रकार हुन् ।