गाउँका वडाअध्यक्षहरुसँग नगर प्रमुख सरावगीको छलफल, प्रत्येक वडालाई ५० हजार प्रदान गरिने

1

वीरगन्ज,१५ चैत ।

वीरगन्ज महानगरपालिकामा रहेका १६ बटै गाउँका वडाअध्यक्षसगं नगर प्रमुख विजय कुमार सरावगीले छलफल गर्नुभएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना रोगको सक्रमणंबाट आम समुदायलाई बचाउन वीरगन्ज महानगरपालिका तथा सरकारले घोषणा गरको लकडाउनलाई अझ व्यवस्थीत गर्न वीरगन्ज महानगरपालिकाका पदाधिकारीहरु बिच छलफल भएको हो ।

जगनाथपुरको बगैचामा भएको छलफलमा लकडाउनको कारण उत्पन्न भएका कठिनाइहरुलाई सहज बनाउदै कोरोनाको संक्रमणबाट महानगवासीलाई अझ सुरक्षित बनाउने बारे छलफल भएको जनाइएको छ ।वडा नम्बर १७देखि ३२ नम्बरका बडा अध्यक्षहरुसगं आयोजना गरिएको छलफलमा लकडाउनको कारण जनतालाई दैनिक उपभोग्य सामग्रीमा भइरहेको कठिनाइलाई सहज बनाउने बारे छलफल भएको थियो । गैस,खाद्यय तथा तरकारीलगायका सामग्रीहरुलाइ हरेक गाउँमा पुर्उने कार्यलाई व्यवस्थित रुपमा सचालनको जिम्मा वडाका प्रतिनिधिहरुलाई दिदै कारोना सक्रमण रोकथामको लागी प्रत्येक वडा कारोना महामारी रोकथाम समितिलाई रु ५०हजार उपलब्ध गराउने कार्यलाई अगाडि बढाइएको नगर प्रमुख सरावगीले बताउनु ।