भारतीय कामदारहरु विच्चली

20

संतोष रन्जितकार
बिरगंज १५ चैत ।
चितवनबाट हिडेका भारतीय कामदारहरु ४ दिनमा बिरगंज पुगे । कामको शिलसिलामा भारतिय कामदारहरु चितवन काम गर्दै आईरहेका थिए । चितवनको नारायणघाटमा लेबर काम गर्दै आईरहेका भारतिय कामदारहरु नेपालमा लकडाउन भएपछि काम बन्द भएको र ठेकेदारले पैसा नदिएको र मोबाईलको स्विईच अफ गरेकोले खान र बस्न गारो भएको र गाडी पनि नचलेकोले बाध्य भएर पैदल हिडनु परेको बताए ।

चितवनबाट लकडाउनको दोस्रो दिन हिडेको र पाचौं दिन शनिबार ४ दिनमा शनिबार दिउसो ५ बजे बिरगंज पुगेको मोहम्मद मोबिमले बताए। हामी केहि पनि नखाई पानीको भरमा भोक भोकै बिरगंज सम्म आईपुगेको र गोडा भरी घाउ भएको समेत देखाए। चितवनबाट पाच जनाको समूह बिरगंज हिडेको हो।जिल्ला मोतिहारी बेलासपुर -११ बस्ने बर्ष ६० को मोहम्मद मोबिम , आमोदीका बर्ष २१ का सजहद अन्सारी , मोतिहारी जिल्ला मधुवन-६ का बर्ष ४२ का पारस साह , एे एे बस्ने बर्ष १४ का तन्जन कुमार साह र बर्ष २० को चन्दन साह रहेको थियो ।उनिहरु मोतिहारी बेलासपुत रामघाट जाने बताए ।