४१७ भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ :-प्रहरी उपरक्षिक गंगा पन्त

बिरगंज मा विभिन्न ठाउँ बाट आएका ४१७ भारतीय नागरिक लाई नियन्त्रण मा लिइ क्वारेन्टाइन मा चेक जाँच गरिदै।

23

सन्तोष रन्जितकार

वीरगन्ज,१९ चैत ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा एउटै कोठा मा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल को विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४१७ भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनको कोठा लगेर राखेको हो ।

४१७ भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो । लक डाउनको बेला अलपत्र परेकाहरुको नागरिक लाई जुन देश का हुन त्यही देशले गर्ने भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा भारतीयहरुलाई क्याम्पसमा पुर्याएको बताइएको छ । सो को खाने ब्यवस्थापन बिरगंज महानगरपालिका ले गर्ने मेयर बिजय कुमार सरावगी ले जानकारी दिनु भएको हो ।केही दिनअघि ठाकुरराम क्याम्पस प्रशासनले आवश्यक परेमा क्याम्पसलाई कोरना नियन्त्रणका संरचना बनाउन दिने सूचना गरेको थियो