६५ विपन्न परिवारलाई खाद्यान्न वितरण

22

सन्तोष रन्जितकार

वीरगन्ज,१९ चैत ।

सत्यम सी फुड सप्लायर्सले वीरगंज महानगरपालिका वडा नम्बर ९ र ११ मा ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लगातारको लक डाउनका कारण दैनिक जिविकोपार्जनका लागि असहज भएका परिवारलाई घरमै पुगेर सी फुड सप्लायर्सले दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो । सप्लायर्सले हरेक परिवारलाई ५ किलो चामल, ३ किलो आलु, १ किलो नुन, १ प्याकेट तेल उपलब्ध गराएको सप्लायर्सका बजार प्रवन्धक नितेश सुवेदीले बताउनुभयो । सप्लायर्सले अन्य विपन्न र दैनिक जिविकोपार्जन गरि गुजारा चलाउने परिवारको तथ्यांक संकलन गरेर चाडै वितरण गर्ने तयारी भइरहेको सप्लायर्सका प्रोप्राइटर सरोज बस्नेतले बताउनुभयो ।