प्रजिअ सुस्त, मेयर दुरुस्त

मेरो नगरमा कसैलाई भोकै मर्न दिन्न :- मेयर सरावगी

1,916

सन्तोष रन्जितकार
वीरगंज, २० चैत्र ।
वीरगंज महानगरका नगरप्रमुख बिजय कुमार सरावगी अहिले अभिभावकीय भूमिकामा देखा परेपछि उनको सर्वत्र प्रशंसा हुन थालेको छ ।
सिंगो विश्व कोरोना भाईरसको कहरबाट पीडित भइरहेको वर्तमान अवस्थामा मुलुक “लकडाउन”मा छ । हुने खाने वर्ग अहिले सेल्फ क्वारेन्टाइनमा बसी रहेका छन् । शासन प्रशासनको अंग यो महामारीमा नीजी ॅगल्ला’ तयार गर्नमा जुटेको छ । सरकारको परिपत्रलाई पन्छाएर पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की “कोरोना” को त्रासले भयभित भएर आफुले आफैलाई भूमिका विहिन बनाएको जस्तो देखिएको जिल्लाभरी चर्चा छ ।
अहिलेको विषम परिस्थितीमा मेयर सरवगीमाथि ठूलो भार परेको र आम जनताले मेयर सरावगीलाई खोजिरहेको उनका प्रेस सल्लाहकार अनिल तिवारी बताउँछन् । तिवारीका अनुसार मेयर सरावगीको खटाई देखेर नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णले आफ्नो फेसबुक वालमा मेयर सरावगीको खुलेर प्रशंसा गरेको बताउनु भयो ।
मेयर सरावगीले आफ्नो नगरमा कोही भोकै मर्ने अवस्था नआउन दिने चर्चा गर्दै गरिब र विपन्न परिवारको पहिचान गरी आफै घर–घरमा गई २५ सय परिवारलाई राहत वितरण गरेको बताउनु भयो ।
हरेक वडा–वडामा जनघनत्वको हिसाबले पैसा पठाईसकेको भन्दै बढीमा चार लाख ५० हजार देखि घटीमा ७० हजार सम्मको बजेट पठाएको मेयर सरावगीले बताउनु भयो ।
हरेक नाकामा स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मी खटाएको बताउंदै दुई सय थान पि.पि.ई. खरिद, केडिया डेन्टल कलेज र सिद्धार्थ स्कुलमा सय–सय बेडको क्वारेन्टाइन बनाएको, भारतीय शरणार्थी, मानव सेवा आश्रम बसपार्कमा खानाको व्यवस्था गरिएको मेयर सरावगीले बताउनु भयो ।