लकडाउन उल्लङ्घन गर्ने ४२ जना प्रहरी नियन्त्रणमा

9

सन्तोष रन्जितकार

वीरगञ्ज २० चैत । वीरगञ्जमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४२ जनालाई नियन्त्रणमा लिएको छ । लकडानउको अवज्ञा गर्दै विनाकारण घर बाहिर निस्केका ४७ जनालाई नियन्त्रणमा लिइएको हो ।

बिहीबार दिउँसो २ बजेसम्ममा ७ महिलासहित ४२ जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई वीरगञ्ज घण्टाघर नजिकै रहेको वीपी उद्यान स्थित सेडमा उभ्याएर राख्ने गरेको छ । लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर दुई तीन घण्टा उभ्याएर होल्डमा राखेर मात्रै छाड्ने गरेको डीएसपी थापाले बताए ।