सत्यम सी फुड सप्लायर्सद्वारा शुरक्षाकर्मीलाई खाजा वितरण

15

वीरगञ्ज २० चैत ।

सत्यम सी फुड सप्लायर्सले लकडाउनको १० औं दिन वीरगञ्जका विभिन्नस्थानमा खटिरहेका शुरक्षाकर्मीहरुलाई खाजा वितरण गरेको छ ।

कोरोनभाइरस संक्रमणले विश्वनै लकडाउनमा रहेको बेला शुरक्षाकर्मीहरुको सप्लायर्सले बिहिबार वीरगञ्जको मुख्य स्थानहरुलगयात ग्रामिण क्षेत्रसम्म पुगेर खटिरहेको शुरक्षाकर्मीहरुलाई खाजा वितरण गरेको हो ।

आफ्नो ज्यान जोखिममा राखेर नेपाली जनतालाई शुरक्षा प्रदान गरिरहेको प्रहरी र अन्य शुरक्षाकर्मीलाई कोसेली वापत खाजा वितरण गरिएको सप्लायर्सका प्रोप्राईटर सरोज बस्नेतले बताए ।

नगरका विभिन्न स्थानमा पुगेर लगभग २ सय ५० प्रहरी र शुरक्षाकर्मीहरुलाई खाजा वितरण गरिएको सप्लायर्सका बजार व्यास्थापक नितेश सुवेदीले बताए ।

सप्लार्यासले बुधबार पनि नगरका विभिन्नस्थानमा पुगेर गरिव, निमुखा, दिन दु:खि र दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्न समस्या परेका लगभग ६५ परिवारलाई खाद्यान्न वितरण गरेको सुवेदीले जानकारी दिए । उनले आगामी दिनमा पनि यो परोपकारी कार्यलाई जारि राख्ने बताए ।