जितपुरको एक मोबाइल पसलमा चोरी

11

मनोज साह
जितपुर बारा, २१ चैत ।
जितपुरको एक मोबाईल पसलमा बिहिबार राती चोरी भएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको जैसवाल मोबाईल पसलमा चोरी भएको पसलका संचालक कृष्णप्रसाद जैसवालले बताए ।
जितपुरको मुख्य सडकमा रहेको जैसवाल मोबाइल पसलमा लगभग २५ देखि ३० लाख सम्मको मालसामान चोरी भएको पसलका संचालक जैसवालले जानकारी दिए । उनले आफ्नो पसलमा चोरी भएको खबर शुक्रबार बेलुका तिर जानकारीमा आएको बताएका थिए । सोही सन्दर्भमा ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख सागर राणासंग बुझ्दा अहिले अनुसन्धान जारी रहेको र चोरलाई छिटै समेतर कानुनको दायरामा ल्याउने बताएका थिए ।