धोबिनी गाउँपालिकामा लामखुट्टे मार्ने औषधी छर्न शुरु

41

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
पर्साको धोबिनी गाउँपालिकामा बिहिबारदेखि लामखुट्टे मार्ने औषधी र सेनिटाईजर छर्न सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भिखमपुर जनसामुदायिक बिकास केन्द्रले लामखुट्टे मार्ने औषधी छर्न सुरु गरेको हो ।
धोबिनी गाउंपालिकाको वडा नं. १ र २ को भिखमपुर, असवारि, पिपरा, घोडदौडामा स्प्रे टंकीले आज देखि सुरु गरिएको औषधी छर्ने कार्य भोली शुक्रबार सम्म सम्पन्न हुने संतोष पटेलले बताएका थिए ।
उनले भने विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन लागु गरेको छ, सो अवस्थामा सबैले आ–आफ्नो घर भित्र बस्दा मच्छरको कारणले अप्ठ्यारो हुने तथा घरभित्र बस्न नसक्ने भएपछि औषधी छर्न लागिएको पटेलले बताए ।