बहुदरमाई नगरपालिकामा खाद्यान्न सामग्री वितरण

12

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
बहुदरमाई नगरपालिका वडा नं.२ मा गरिब, बिपन्न र दैनीक ज्यालादारी गर्नेहरुका लागी सो वडाका समाजसेवी मगनी साहले बिहीबार ५० घरपरिवारहरुलाई खाद्यान्न सामाग्री बितरण गरेका छन । खाधान्न सामाग्रीहरुमा चामल ८ किलो, दाल १ किलो, आलु १ किलो, आयोनुन १, खानेतेल ५०० ग्राम बितरण गरेका थिए ।
सो बितरण कार्यक्रममा सगिर मिया, मुकेश ठाकुर, फजिल मिया, अमन ठाकुर, वीर बहादुर रामले सहयोग गरेका थिए ।
त्यसैगरी उच्च बार एशोसियसन वीरगंज पर्साका अध्यक्ष एवं तेली समाज कल्याण पर्साका उपाध्यक्ष अधिवक्ता प्रमोद साहले आफ्नो नीजी खर्चमा ज्यालादारी गर्नेहरु, गरिब तथा बिपन्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न सामग्री बितरण गरेका छन् । बहुदरमाई नगरपालिका वडा नं.२ बैरिया बिर्तामा बिहिवार ७२ घरपरिवारहरुलाई खाद्यान्न सामाग्री बितरण गरेका हुन् । खाद्यान्न सामाग्रीमा चामल १० किलो, दाल १ किलो, आलु १ किलो, खानेतेल १ लिटर, आयोनुन १, साबुन १ र माक्स १ बितरण गरेका थिए ।
लकडाउनको दस दिन बितिसक्दा पनि यस वडामा स्थानीय सरकार, कुनै नेता तथा कुनै एनजिओहरुले केही सहयोग गरेका छैनन् । यस्तो अवस्थामा कसैले सहयोग नगरेको देखेर आफुले सहयोग गरेको साहको भनाई थियो ।
वितरण कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष जितेन्द्र पटेल, प्रदीप साह, राजकिशोर, केदार प्रसाद साह, बिकास कुमार साह, छोटेलाल साह र बच्चा साह लगायत भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।